Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

द्वन्द्वका बीच अमेरिकी विदेशमन्त्री ब्लिङ्केन इजरायल पुगे

द्वन्द्वका बीच अमेरिकी विदेशमन्त्री ब्लिङ्केन इजरायल पुगे

  • 209
    SHARES
  • द्वन्द्वका बीच अमेरिकी विदेशमन्त्री ब्लिङ्केन इजरायल पुगे

    तेल अविव । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन अधिकारीहरूसहितको एक टोलीसँगै बिहीबार इजरायल पुगेका छन् । उनको यो भ्रमण गत शनिबार हमासले आक्रमण गरेपछि इजराइल र हमासबीचको जारी द्वन्द्वका बीच भएको हो । 

    विदेशमन्त्री ब्लिङ्केनसँगै उनका सल्लाहकार डेरेक चोलेट, डेपुटी चिफ अफ स्टाप टम सुलिभान, विदेश मन्त्रालयका प्रवक्ता माथ्यु मिलर, निकट पूर्वीमामिला सहायकमन्त्री बार्बरा लिफ, प्यालेस्टिन मामिलाका विशेष प्रतिनिधि ह्याडी आमर र बन्धक मामिलका लागि राष्ट्रपतिका उपविशेष दूत स्टिभ गिलन इजरायल पुगेका छन् । 

    आफ्नो भ्रमणका क्रममा विदेशमन्त्री ब्लिङ्केनले इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु, ब्रिगेडियर जनरल गल हिर्स्च र अन्य इजराइली अधिकारीहरूसँग बैठक गर्ने कार्यक्रम छ । 

    इजराइलको भ्रमण सकिएपछि उनले जोर्डनका राजा अब्दुल्लाह र प्यालेस्टिनी राष्ट्रपति मोहमुद अब्बाससँग अम्मानमा भेट गर्नेछन् । 

  • सम्बन्धित विषय:

  • # इजरायल घटना

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij