वेबटिभी खबर
पोखरा । पोखरा-३१ लेखनाथ अलैँची कुनास्थित बेगनासतालमा गए राति एक युवा मृतावस्थामा फेला परेका छन ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्रवणकुमार विकले प्यूठान मलरानी गाउँपालिका-४ का २२ वर्षीय अनिश श्रेष्ठ मृतावस्थामा फेला परेको बताए।
प्रवक्ता विकका अनुसार श्रेष्ठको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । इलाका प्रहरी कार्यालय सिसुवाबाट सात जनाको प्रहरी टोली घटनास्थल पुगी राति नै शव तालबाट बाहिर निकालेको थियो ।
नागरिकताका आधारमा मृतकको परिचय खुलेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij