वेबटिभी खबर
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा १ असारमा आएको बाढीले घरबारविहीन बनेका पीडितलाई कलाकारले आर्थिक सहयोग जुटाएर हस्तान्तरण गर्ने भएका छन् । बिहीबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा २ दर्जनभन्दा बढी कलाकारले बाढीपीडितलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
कलाकार तथा यससँग सम्बन्धित संघसंस्थाबाट प्रतिबद्धता जनाएअनुसार एकैदिन करिब ३२ लाख रुपैयाँ सहयोगको घोषणा भएको सिन्धु सहयोग कोषका संयोजक तथा अभिनेता कृष्ण मल्लले जानकारी दिए । घोषणा भएको रकम बैंकमा जम्मा भएपछि बाढीपीडितको तत्काल अस्थायी आवास निर्माण गर्न सहयोग गरिने संयोजक मल्लले बताए ।
कोषले बैंक खाता खोलेपछि सहयोग घोषणा गर्नुहुने र गर्न चाहनेले खातामा रकम जम्मा गर्न सक्ने मल्ल बताउँछन् । ‘आज ज-जसले सहयोगको घोषणा गर्नुभएको छ उहाँहरूले बैंक खातामा जम्मा गर्नुहुनेछ,’ उनले भने, ‘यसो गर्दा हिसाब पारदर्शी हुन्छ भन्ने सोचेका छौं ।’

कहिलेसम्ममा उठ्ला सहयोग ?
कार्यक्रममा उपस्थित भएका चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्माता अशोक शर्मा, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले केहीदिन भित्रै सहयोग घोषणा गर्ने प्रतिवद्धता जनाएका छन् ।
घोषणा भएको रकम बैंकमा जम्मा भएपछि बाढीपीडितको तत्काल अस्थायी आवास निर्माण गर्न सहयोग गरिने कोषकी सह-संयोजक तथा अभिनेत्री करिश्मा मानन्धरले बताइन् ।
‘हामीले सिन्धुपाल्चोकका बाढीपीडितका अस्थायी आवासका लागि यो सहयोग संकलन गरेका हौं,’ मानन्धरले भनिन्, ‘यसमा सरकारले पनि सहयोग गर्नुपर्छ ।’ हास्यकलाकार जितु नेपालले जुनसुकै विपत्तिका बेला कलाकारहरू जुट्ने गरेको बताए ।
‘अहिले सिन्धुपाल्चोक दुःखमा पर्यो भनेर मात्र होइन,’ उनले भने, ‘जहाँ संकट पर्दा पनि हामीले सहयोग गरेका छौं, गर्नुपनि पर्छ ।’ कार्यक्रममा उपस्थित भएका चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्माता अशोक शर्मा, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले केहीदिन भित्रै सहयोग घोषणा गर्ने प्रतिवद्धता जनाएका छन् ।
कुन कलाकारले कति सहयोग गर्ने बताए ?
शोभित उप्रेती- १३ लाख ५१ हजार
हास्यकलाकार किरण केसी- २ लाख ५३ हजार
नेपाल फिल्म सोसाइटीको तर्फबाट अभिनेता कृष्ण मल्ल-१ लाख १ हजार
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला- १ लाख १ हजार
निर्देशक समाजका महासचिव जनकदिप पराजुली- १ लाख १ हजार
अभिनेत्री करिश्मा मानन्धर- १ लाख
अभिनेता भुवन केसी- १ लाख
सुभास खड्का- १ लाख
हर्केहवल्दारका इन्द्र दोङ खम्बे- ७५ हजार
गायिका सुनिता दुलाल-५१ हजार ५ सय ५५
हास्यकलाकार जीतु नेपाल- ५१ हजार
चलचित्र कलाकार संघ-५१ हजार
गायक चेतन सापकोटा-५१ हजार
कलाकार मदनदास श्रेष्ठ- ५ लाख ५१ हजार
मधु कुमार श्रेष्ठ- ५१ हजार
अधिवक्ता कृष्ण ढुंगाना - ५० हजार ५ सय ५५
हास्यकलाकार शिवहरी नेपाल ‘वैरागी’- २५ हजार ५ सय २५
गोपालकाजी कायस्थ- २५ हजार
कलाकार सुरेन्द्र केसी- २५ हजार
चलचित्र द्धन्द्ध कलाकार संघका नारायण प्रधान- २५ हजार
नेपाल चलचित्र नृत्य संघ- २५ हजार
बालकलाकार अपेक्षा शेरचनको आमा अनु उर्मिला शेरचन- १० हजार
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij