वेबटिभी खबर
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले ६० लाख कित्ता आईपीओ जारी गर्ने तयारी गरेको छ ।
संस्थापकतर्फ ८७.१० प्रतिशत र सर्वसाधारणतर्फ १२.९० प्रतिशत शेयर स्वामित्व कायम हुने गरी ६० लाख कित्ता आईपीओ जारी गर्ने तयारी गरेको हो ।
बिहीबार सम्पन्न कम्पनीको साधारणसभाले कायम चुक्तापूँजी ३ अर्ब ४०.११८ करोड रुपैयाँको आधारमा १९प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर बापत १.००६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारणसभाले प्रस्तावित २० प्रतिशत लाभांश पारित गरेको छ । यस कम्पनीले बुक विल्डिङ विधिबाट सर्वसाधारणमा आईपीओ बिक्री गर्ने तयारी गरेको छ । आईपीओ बिक्रीका लागि कम्पनीले चैत ४ गते बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको थियो ।
यस्तै सहायक बिक्री प्रबन्धकमा प्रभु क्यापिटल र एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कुल कित्तामध्ये संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता, उद्योग प्रभावित स्थानियका लागि ८ लाख कित्ता र कम्पनीका कर्मचारी सहित अन्य सर्वसाधारणमा २८ लाख कित्ता आईपीओ बिक्री गर्ने कम्पनीको तयारी हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij