वेबटिभी खबर
मकवानपुर । मकवानपुरका दश वटै पालीकाहरुले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । जसमध्ये मकवानपुर जिल्लामा सबैभन्दा बढी बजेट हेटौँडा उपमहानगरपालीकाले रु दुई अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँ र कम इन्द्रसरोबर गाउँपालिकाले रु ३८ करोड ४१ लाख बरावरको बजेट सार्वजनिक गरेको हो ।
यसैगरी थाहा नगरपालिकाले आगामी वर्षको लागि रु ९५ करोड ६४ लाख ३२ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ । मकवानपुरको मनहरि गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि रु ८३ करोड ६७ लाख ४६ हजार बराबरको बजेट सार्वजनिक गरेको हो । भीमफेदी गाउँपालिकालेरु ६५ करोड ४१ लख९९ हजारको बजेट ल्याएको छ ।
वाग्मती गाउँपालिकाले रु ५३ करोड ६६ लाख ९३ हजार बजेट सार्वजनिक गरेको छ । यसै बीच कैलाश गाउँपालिकाले रु ४५ करोड ९६ लाख, मकवानपुरगढी गाउँपालिकाले रु ६२ करोड राक्सिराङ गाउँपालिकाले रु ५४ करोड ७३ लाख २० हजारको बजेट ल्याएको छ । जिल्लाको पूर्वी क्षेत्रको बकैयाँ गाउँपालिकाले आगामी आर्थिक वर्षको लािग ६२ करोड ८३ लाख७८ हजारको बजेट ल्याएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij