वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा बिहीबार ५१ हजार दुई सय ५५ संक्रमित थपिएका छन् । सो अवधिमा ६३ हजार ६७४ संक्रमित निको भएका छन् । संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ३२४ छ । हाल भारतमा ६ लाख ७ हजार सक्रिय संक्रमित रहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोना भाइरसबाट अहिलेसम्म तीन करोड मानिस संक्रमित भइसकेका छन् । अप्रिलदेखि सुरु भएको दोस्रो लहरले धेरै क्षति पुर्याएको छ । केही सातादेखि विस्तारै संक्रमण कम हुँदै गएको पनि छ तर संक्रमण कम भएसँगै मानिसहरुको चहलपहल सुरु हुँदा विज्ञहरुले पुनः तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् ।
साथै उनीहरुले खोप अभियानलाई जतिसक्दो तीव्र बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । भारत सरकारले अहिले देशभर निशुल्क खोप अभियान सुरु गरेको छ । अहिलेसम्म त्यहाँ करिब २७ करोड मानिसले खोप लगाइसकेका छन् ।
भारतमा तेस्राे लहर झन् घातक बन्न सक्छ : विज्ञ
भारतमा संक्रमण गति सुस्त
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij