Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

जनतासँग माओवादी रुपान्तरण अभियान अन्तर्गत श्रमदान गरेर सडक मर्मत

जनतासँग माओवादी रुपान्तरण अभियान अन्तर्गत श्रमदान गरेर सडक मर्मत

  • 176
    SHARES
  • जनतासँग माओवादी रुपान्तरण अभियान अन्तर्गत श्रमदान गरेर सडक मर्मत

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-३, डाँडागाउँमा नेकपा (माओवादी केन्द्र) का नेता-कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन । जनतासँग माओवादी रुपान्तरण अभियान कार्यक्रमअन्तर्गत वर्षातका कारण अवरुद्ध सडक खुलाउन शनिबार र आइतबार श्रमदान गरेका हुन ।

    अधिभारादेखि वडा कार्यालय रहेको किटिनी जोड्ने सडक स्थानीयवासी, जनप्रतिनिधि र माओवादी पार्टीका कार्यकर्ताको सहभागितामा मर्मत गर्न श्रमदान गरिएको माओवादी केन्द्र मालिका गाउँ कमिटीका सचिव लालबहादुर घतानेले जानकारी दिए ।

    ‘स्थानीयवासीको आवश्यकताअनुसार विभिन्न चार वटा समूहमा विभाजन भएर सडकमा खसेको पहिरो पन्छाउने काम गरिएको हो’, कमिटीका सचिव घतानेले भने, ‘२० जनाभन्दा बढी नेता कार्यकर्ता, जनप्रतिनिधि र सर्वसाधारण श्रमदानमा सहभागी हुनुभयो ।’

    अदिभारा, औला, डाँडागाउँ र किटिनी खण्डमा सडक मर्मत गरिएको थियो । वर्षाका कारण भत्किएको सडक मर्मतमा श्रमदान कार्यक्रमले सहयोग पुगेको वडाध्यक्ष मोतिप्रसाद बुढाले बताए । विभिन्न ठाउँमा पहिरो पन्छ्याउने, पर्खाल निर्माण, नाली निर्माण र मर्मत गर्नेलगायत काम गरिएको छ ।

    ‘वडा र पालिकाको बजेटले मात्र अवरुद्ध सडक खुलाउन सम्भावना थिएन, अहिले श्रमदान कार्यक्रमले सहज भएको छ’, वडाध्यक्ष बुढाले भने, ‘सडक सञ्चालन भएपछि स्थानीयवासीसँगै छिमेकी जिल्ला तमान गाउँपालिका आवतजावत गर्ने यात्रु र खाद्यान्न ढुवानीमा समेत सहज भएको छ ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij