Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

क्यानडाको विद्यालयमा फेरि भेटियो बालबालिकाको शव

क्यानडाको विद्यालयमा फेरि भेटियो बालबालिकाको शव

  • 1.4K
    SHARES
  • क्यानडाको विद्यालयमा फेरि भेटियो बालबालिकाको शव

    ओट्वा । क्यानाडाको एक आदिवासी समूहले सस्काचेवान प्रान्तको एक पूर्व आवासीय विद्यालय क्षेत्रमा बालबालिकाको सयौं चिह्नित चिहानहरू भेट्टाएको छ ।

    क्यानडामा आदिवासीहरुको प्रतिनिधित्व गर्ने संगठन कोसेक्स फस्र्ट नेशनका सदस्य र फेडेरेशन अफ सभरेन इन्डिजिनियस फस्र्ट नेसन्स (एफएसआइएन) ले पूर्व मेरिविल इन्डियन आवासीय विद्यालयमा बालबालिकाको चिहान भेटिएको बताएको हो ।

    विज्ञप्तिमा क्यानडामा अज्ञात चिहानको संख्या देशकै इतिहासमा अहिलेसम्मकै सबैभन्द बढी रहेको भनिएको छ । एफएसआइएन नेता बबी क्यामरुन र कोसेक्स प्रमुख केडमस डेलोर्मीले अनुसन्धानका बारेमा विस्तारमा बताउनका लागि प्रेस सम्मेलन गर्ने बताएका छन् । उक्त समूहले कति जना बालबालिकाको अवशेष भेटिएको हो भन्ने बारे खुलाएको छैन ।

    यसअघि पनि क्यानडाको पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा एक दशकौं पुरानो विद्यालय हाताभित्र दुई सय १५ बालबालिकाको शव गाडिएको भेटिएको थियो । तिनीहरुमध्ये केही तीन वर्ष उमेरसम्मका बालबालिकाहरु रहेका थिए । यी बालबालिकाहरु सन् १९७८ मा बन्द भएको क्यामलूप्स इन्डियन आवासीय विद्यालयका विद्यार्थीहरू थिए । 

    १९ औं एवं २० औं शताब्दिमा क्यानडाका आवासीय विद्यालयमा आदिवासी युवालाई आफ्नो नियन्त्रणमा राख्न धार्मिक प्रशासन चलाउँथे । क्यानडामा सन् १८६३ देखि १९९८ सम्म एक लाख १५ हजार बालबालिकालाई परिवारबाट अलग गराएर विद्यालयमा राखिएको थियो । ती बालबालिकालाई उनीहरूको भाषा बोल्न वा  संस्कृति अनुसरण गर्न अनुमति थिएन । धेरै बच्चाहरूलाई दुर्व्यवहार गरिएको थियो ।

    सन् २००८ मा यस व्यवस्थाबाट परेको प्रभावबारे अध्ययन गर्न आयोग गठन गरिएको थियो । उक्त आयोगले ती विद्यालयमा ल्याइएका आदिवासी बालबालिका कहिले पनि घर नफिर्किएको रिपोर्ट सार्वजनिक गरेको थियो । 

    सन् २००८ मा क्यानडा सरकारले यस नीतिप्रति औपचारिक रुपमा माफी मागेको थियो । सन् २०१५ मा ऐतिहासिक सत्यता र मेलमिलाप रिपोर्टले यसलाई सांस्कृतिक नरसंहार नीतिको रूपमा वर्णन गर्‍यो । मिसिंग चिल्ड्रेन प्रोजेक्टले आवासीय विद्यालयमा ज्यान गुमाएका चार हजार एक सय बालबालिकाको पहिचान गरेको दाबी गरेको छ । 

    क्यानडाको आवासीय विद्यालयमा २१५ बालबालिकाको शव भेटियो क्यानडाको आवासीय विद्यालयमा २१५ बालबालिकाको शव भेटियो

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij