वेबटिभी खबर
काठमाडौं । जातको कारण देखाउँदै रुपा सुनारलाई आफ्नो घरको कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधान रिहा भएकी छन् ।
सरकारी वकिलको आदेशमा हाजिरी जमानीमा रिहा गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमख एसएसपी अशोक सिंहले जानकारी दिए ।
‘थप अनुसन्धानका लागि मिसिल सिंहदरबार वृत्तमा पठाइएको छ,’ सिंहले बताए । प्रधान बबरमहलस्थित आफ्नै घरबाट सोमबार परेकी थिइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij