वेबटिभी खबर
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका तीनवटा समितिको बैठक बस्ने भएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, दिगो विकास तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको संसदीय सचिवालयले जनाएको छ ।
संसद सचिवालयका अनुसार शिक्षा स्वास्थ्य समितिको बैठक बिहान साढे १० बजे, विधायन व्यवस्थापन समितिको बैठक १२ बजे र दिगो विकास समितिको बैठक दिउँसो १ बजे बस्ने छ ।
विधायन समितिमा विद्युतीय व्यापार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ र शिक्षा समितिमा चिकित्सा शिक्षाको गुणस्तर र सम्बन्धनका विषयमा समितिमा आएका उजुरीका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै दिगो व्यवस्थापन समितिमा दिगो विकास लक्ष्य नम्बर ५ अन्तर्गत लैंगिक समानता तथा सामाजिक न्याय सम्बन्धमा अन्तर पार्टी महिला सञ्जालसँग छलफल गरिने छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij