वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार महानगर अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा शोक बिदा दिएको छ ।
वडानम्बर-१६ का वडाध्यक्ष मुकुन्द रिजालको बिहीबार निधन भएपछि महानगरले आज शोक बिदा दिने निर्णय गरेको हो ।
डेंगु संक्रमणबाट पीडित रिजालको उपचारको क्रममा बिहीबार ग्रान्डि अस्पतालमा निधन भएको थियो ।
उनलाई उच्च ज्वरो र निमोनियासमेत देखिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij