Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

हात्ती भगाउन रातभर जाग्राम

हात्ती भगाउन रातभर जाग्राम

  • 222
    SHARES
  • हात्ती भगाउन रातभर जाग्राम

    कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-३ बडुवाल टोलका स्थानीय हात्ती भगाउन रातभर जाग्राम बस्ने गरेका छन् ।

    भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली हात्तीको बथानले गाउँ पसेर धानबाली र मकैमा नोक्सान गर्न थालेपछि हात्ती भगाउन यहाँका स्थानीय रातभर जाग्राम बस्न थालेका हुन् ।

    साँझपख आउने हात्तीको बथानले अन्न बालीमा नोक्सान पुर्‍याउने गरेको स्थानीय वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिए ।

    उनले भने, ‘हात्तीको बथानले धानबाली र मकैमा ठूलो नोक्सान गरिसक्यो । एक जनाको घरमा क्षति पुगेको अन्न बालीमा धेरै नोक्सान पुगाएको छ ।’

    रातिको समयमा भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट ३०÷३५ वटा हात्तीको बथान बच्चासहित दिनहुँ बडुवाल टोलमा पस्ने गरेको उनले बताए ।

    उनले भने, ‘हात्ती भगाउन यहाँका स्थानीय आगो बालेर रातभर जाग्राम बस्ने गरेका छन् । यहाँका जनतालाई धेरै दुःख छ राज्यका तर्फबाट हात्ती रोकथामका लागि केही गर्न सकिएको छैन ।’

    उनले हात्ती भगाउन यहाँ समूहमा युवाले रातिको समयमा गस्ती गर्ने गरेको बताए । स्थानीय लक्ष्मी रानाले हात्तीले हरेक वर्ष यहाँ घरखेतमा नोक्सान गर्ने गरेको बताए ।

    उनले भने, ‘धान र मकै सबै सखाप पारिसक्यो घरमा पस्ने डरले रातभर जाग्राम बस्छौँ । हात्तीकै कारण यहाँ खेतसमेत बाझो हुन थालेको छ ।’ गाउँमा हात्तीको आतंकले स्थानीय त्रसित भएको उन
    ले बताए ।

    उनले भने, ‘यो बस्तीमा भारतीय सीमा पर्ने भएकाले भारतले तारबार गर्न दिँदैन । हरेक वर्ष यहाँ भारतीय जंगलबाट हात्ती आउँछन् नोक्सान गरेर जान्छन् ।’

    अहिले जंगल पनि घना भइसकेकाले यहाँ हात्ती बढी आउन थालेको उनको भनाइ छ । यसैगरी हात्तीले वेदकोट नगरपालिका, लालझाडी गाउँपालिकामा समेत किसानकोे धानबालीमा नोक्सान पुर्‍याउने गरेको छ ।

  • सम्बन्धित विषय:

  • # हात्ती

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij