Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

  • 176
    SHARES
  • समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन ।

    बैठकको आकस्मिक समयमा सांसद जनार्दन शर्माले हावाहुरीले पश्चिम नेपालमा मकैबाली नष्ट भएकाले उचित क्षतिपूर्तिको माग गरे ।

    सांसद ज्ञानबहादुर शाहीले कर्णाली राजमार्गलगायत क्षेत्रका सडकको मर्मत सम्भार गर्न माग गरे । उनले प्रधानमन्त्रीले क्रिकेट खेलाडीका लागि १७ लाख दिने घोषणा गरेकामा हालसम्म नदिइएको भन्दै उक्त रकम छिटो दिनुपर्नेमा जोड दिए ।

    सांसद अब्दुल खानले बर्दियाबाट ३५ वटा सीमास्तम्भ हराएको उल्लेख गर्दै विगतदेखिकै सरकार मौन बस्दै आएकामा आपत्ति जनाए । सांसद खानले सीमास्तम्भ हराउने र बगाउने कुराको निदान गर्नुपर्ने बताए ।

    सांसद खानले नीतिगतदेखि उपभोक्ता समितिसम्म भ्रष्टाचार बढेको जनाउँदै भ्रष्टाचारका विरुद्ध प्रभावकारी रुपमा काम गर्नुपर्नेमा जोड दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij