वेबटिभी खबर
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय कायम भएको छ । पछिल्लो चार कारोबार दिनदेखि सुनको मूल्य स्थिर रहँदै आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य स्थिर रहेर प्रतितोला एक लाख १० हजार पाँच सय ५० कायम छ ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार चार सय ६० तोकिएको महासंघले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij