वेबटिभी खबर
काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतो बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षणका लागि सिन्धुपाल्चोक पुगेका छन् ।
मन्त्रालयका विशिष्ठ कर्मचारीसहित हेलिकप्टरमार्फत महतो मंगलबार दिउँसो सिन्धुपाल्चोकको मेलाम्ची र ईन्द्रावती नदीले कटान र डुबान गरेको क्षेत्रको स्थलगत निरीक्षणका लागि पुगेका हुन् ।

सिन्धुपाल्चोकको मेलाम्ची र ईन्द्रावती नदीमा गत मंगलबार (१ असार) साँझदेखि ३ दिनसम्म आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको ड्याममा क्षति पुर्याएपछि मन्त्रालयकातर्फबाट महतोले त्यस क्षेत्रको निरीक्षण गरेका हुन् ।
उक्त टोलीले तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, हेलम्बु गाँउपालिकाका पीडितहरूसँग भेटेर वस्तुगत अवस्थाबारे जानकारी लिएको उपप्रधानमन्त्री महतोको सचिवालयले जानकारी दिएको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij