वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेको एकताका लागि महाधिवेशन आयोजक कमिटी सदस्य भीम आचार्यले नेतृत्वलाई पाँच बुँदे सुझाव दिएका छन् । नेपालमा लोकतन्त्रका लागि गरिएका आन्दोलनबाट प्राप्त उपलब्धि हाल एमालेमा देखिएको गुटबन्दीका कारण्न गुम्नसक्ने बताउँदै आचार्यले एमाले एकता गर्न ढिलाइ गर्न नहुने विचार व्यक्त गरेका छन् ।
२३ फागुन ०७७ मा सर्वोच्च अदालतले नेकपाबाट एमाले ब्युँताएपछि एमालेभित्रको किचलोले सिंगो राष्ट्रिय राजनिति बिथोलिएको आचार्यको ठहर छ । पार्टीभित्रको यस्तो किचलाले ०६२/६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धि नै गुम्नसक्ने उनको धारणा छ ।
एमालेको नवौं महाधिवेशनकै बेलादेखि वरिष्ठ नेता माधव नेपाल पक्षमा खुल्दै आएका आचार्य एमालेको दाेस्रो तहका प्रभावशाली नेता मानिन्छन् । अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षका दोस्रो तहका नेताले एमाले एकताका लागि गरेका वार्तामा आचार्य पनि सहभागी हुँदै आएका छन् ।
२५ जेठमा ललितपुरको समिट होटलमा नेपाल पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टसहित आचार्यले ओली पक्षका प्रदीप ज्ञवाली, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र विष्णु रिजालसँग एमाले एकता सम्वादमा सहभागी भएका थिए ।
एमालेको नवौं महाधिवेशनबाट निर्वाचित सबै कमिटीलाई बिनाशर्त सुचारु गरी महाधिवेशनले नतोकेका अवैधानिक कमिटी खारेज गर्न आचार्यले नेतृत्वसँग माग गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij