Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

फोहाेर फ्याँक्नेमाथि सार्वजनिक मुद्दा चलाइने

फोहाेर फ्याँक्नेमाथि सार्वजनिक मुद्दा चलाइने

  • 197
    SHARES
  • फोहाेर फ्याँक्नेमाथि सार्वजनिक मुद्दा चलाइने

    वीरगन्ज । सडकमा जथाभावी फाेहाेर फ्याँक्नेलाई आजदेखि वीरगन्ज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ ।

    महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभावी फाेहाेर फ्याँक्नेलाई जरिवाना गर्दै आएको वीरगन्ज महानगरले आजदेखि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने भएको हो ।

    महानगरका सडक तथा गल्लीमा जथाभावी फाेहाेर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फाेहाेर फ्याँक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सर्पmद्दिन मियाँले जानकारी दिए ।

    उनले भने, ‘जथाभावी फाेहाेर फ्याँक्नेसँग हामीले २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउँदै आएका छौँ, अझै फाेहाेर फाल्ने क्रम रोकिएको छैन् । जरिवाना गर्दा फाेहाेर फाल्ने केही कम त भएको छ, तर अपेक्षाकृत घटेको छैन । त्यसैले अब फाेहाेर फाल्नेलाई जरिवानामात्रै होइन, सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरेका छौँ ।’

    सरसफाइ शाखा प्रमुख मियाँका अनुसार हालसम्म जथाभावी फाेहाेर फ्याँक्ने पाँच सय ७५ व्यक्ति र संस्थाबाट महानगरले रु १७ लाख ५४ हजार जरिवानावापत राजस्व संकलन गरेको छ ।

    आर्थिक वर्ष २०७९÷८० मा जरिवानाबाट रु १५ लाख ३६ हजार तथा चालु आव २०८०÷८१ को साउनमा जरिवानावापत रु दुई लाख १८ हजार राजस्व संकलन भएको छ ।

    उनले भने, ‘घर, पसल र कार्यालयबाट निस्किने फाेहाेर जताततै फ्याँक्ने स्थानीयमा प्रवृत्ति छ । त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फाेहाेर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ ।’

    यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएको उनको भनाइ छ ।

    सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ ।

    महानगरपालिको वडा नं १ देखि ३२ वटै वडामा वीरगन्जस्थित पृथीतारा एमके इन्टरनेसनल जेभीसँग गत २०७६  जेठ २ सम्झौला गरी नियमित सरसफाइ गर्दै आएको छ ।

    बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला र सडक सरसफाइ भइरहेको छ । नालाको सरसफाइ महानगर आफैँले गर्छ भने सडकको सरसफाइ साझेदार संस्था पृथी तारा एनके इन्टरनेशन जेभीले गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # फोहाेर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij