Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

मकवानपुरमा खोलाले बगाएर प्रजाको मृत्यु

मकवानपुरमा खोलाले बगाएर प्रजाको मृत्यु

  • 197
    SHARES
  • मकवानपुरमा खोलाले बगाएर प्रजाको मृत्यु

    मकवानपुर । मकवानपुरको राक्सिराङमा एक जनाको खोलाले बगाएर मृत्यु भएको छ । राप्ती नगरपालिका-१२ दुङथली बस्ने ४८ वर्षीय धनकाजी प्रजाको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

    राक्सिराङ-७ काँकडा र चितवनको राप्ती नगरपालिकाको सिमाना हुँदै बग्ने स्थानीय रेउती खोलामा प्रजाको शव भेट्टिएको हो ।

    खोला तर्दा प्रजालाई बगाएको अनुमान गरिएको राक्सिराङ-७ का वडाअध्यक्ष रामबहादुर प्रजाले बताए ।

    उनले भने, ‘मेरो भिनाजु नाता पर्नुहुन्छ, मंगलबार साँझ उनी काँकडामा हुने दिदी र बहिनीको घर जान्छु भनी खाजा खाने होटलबाट निस्कनुभएको थियो ।’

    बुधबार बिहान रेउती खोलामा स्थानीयवासीले शव भेटेपछि प्रहरीमा खबर गरिएको वडाअध्यक्ष प्रजाले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij