Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सेफ्टी ट्यांकीमा परेर जंगली हात्तीको मृत्यु

सेफ्टी ट्यांकीमा परेर जंगली हात्तीको मृत्यु

  • 255
    SHARES
  • सेफ्टी ट्यांकीमा परेर जंगली हात्तीको मृत्यु

    महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति जंगली हात्तीको मृत्यु भएको छ ।

    यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्यांकीमा परेर एक जंगली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए ।

    प्रमुख संरक्षण अधिकृत मेहताले भने, ‘राति १२ बजेपछि जंगली हात्ती आएर सेफ्टी ट्यांकीमा पछाडिको खुट्टा परेर मृत्यु भएको देखिएको छ । अहिले प्राविधिकसहितको टोली गएर घटनास्थल मुचुल्का संकलन गर्ने काम भइरहेको छ ।’

    उनले जंगली हात्ती बथानमा आएको हुनसक्ने बताउँदै मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताए । उनले भने, ‘सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । विधि प्रक्रिया पुर्याएर हात्तीको दाहसंस्कार गरिनेछ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij