Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

रुसको एउटा पेट्रोल पम्पमा आगलागी र विष्फोट हुँदा २७ जनाको मृत्यु, सयभन्दा बढी घाइते

रुसको एउटा पेट्रोल पम्पमा आगलागी र विष्फोट हुँदा २७ जनाको मृत्यु, सयभन्दा बढी घाइते

  • रासस
  • श्रावण ३०, २०८० मंगलवार १३:०८ बजे
  • 214
    SHARES
  • रुसको एउटा पेट्रोल पम्पमा आगलागी र विष्फोट हुँदा २७ जनाको मृत्यु, सयभन्दा बढी घाइते

    मस्को । रुसको ककेसस गणतन्त्र दागेस्तानमा रहेको एक पेट्रोल पम्पमा आगलागीसँगै विस्फोट हुँदा २७ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् । 

    आपतकालीन प्रतिकार्य मन्त्रालयका अनुसार माखचकलामा रहेको पेट्रोल पम्मपमा सोमबार राति दुर्घटना भएको हो । अग्नि नियन्त्रण कार्यालयका साथै सुरक्षा निकायको सहयोगमा आगो पूर्णरुपमा निभाइएको छ ।

    रूसी स्वास्थ्य मन्त्रालयले भने मखाचकलाका अस्पतालमा धेरै घाइते भर्ना भएका र मृतकको सङ्ख्या बढ्नसक्ने बताएको छ । 

    दागेस्तानका प्रमुख सर्गेई मेलिकोभले पत्रकारहरूसँगको कुराकानीमा दुर्घटनाको अनुसन्धान भइरहेको जनाउँदै व्यक्तिगत लापरबाहीका कारण घटना भएको हो वा होइन भन्ने यकिन भइनसकेको बताएका छन् । 

    दुर्घटना बारे  जानकारी पाएलगत्तै सुरक्षालगायत अन्य सम्बद्ध निकायका अधिकारी घटनास्थल पुगेर नजिकको बस्तीका मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । 

  • सम्बन्धित विषय:

  • # आगलागी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij