वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको खुलासा गरेका छन् ।
जसपा आधिकारिकताका लागि अध्यक्ष ठाकुर र अर्का अध्यक्षहरू यादव-डा.भट्टराई पक्षले आ-आफ्नो पक्षमा बहुमत सदस्य रहेको दाबी गर्दै निर्वाचन आयोगसमक्ष हस्ताक्षर पेश गरेका थिए । तर आयोगले (३० जेठ) आइतबार दुवै पक्षको माग दावी अस्वीकार गरेको छ ।
ठाकुर पक्षले आयोगसमक्ष पेश गरेको हस्ताक्षर सूचीमा आफ्नो पनि हस्ताक्षर रहेको थाहा पाएपछि डा.भट्टराईले हस्ताक्षर दुरुपयोग गरेको भन्दै स्तब्ध भएको जनाएका छन् ।
आइतबार राति सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै डा.भट्टराईले भने, ‘स्वच्छ छवीका मानिएका८० बर्षे नेताले समेत पार्टी बैठकको नक्कली श्रेस्ता बनाएर निर्वाचन आयोगमा मेरो समेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध छु ! NOT IN MY NAME!'
ओली-विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने भो! मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुने कुरै भएन।स्वच्छ छवीका मानिएका८०बर्षे नेताले समेत पार्टी बैठकको नक्कली श्रेस्ता बनाएर निर्वाचन आयोगमा मेरो समेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध छु!NOT IN MY NAME!
— Baburam Bhattarai (@brb1954) June 20, 2021
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij