वेबटिभी खबर
काठमाडौं । जातीय विभेद गरेको आरोपमा प्रहरीले पक्राउ गरेको एक घरबेटीलाई हिरासतमै राखेर अनुसन्धान गरिने भएको छ । महिलालाई प्रहरीले आइतबार पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो ।
काठमाडौं जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिनको समय दिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।
सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारले आफू दलित भएको थाहा पाएपछि ती घरबेटीले ‘तल्लो जातकालाई कोठा नदिने’ भन्दै कोठा नदिएको भन्दै महानगरीय प्रहरी वृत्त सिंहदरबारमा किटानी जाहेरी दर्ता गरेकी थिइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij