Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

मादी नदी किनारमा एक पुरुषको शव फेला

मादी नदी किनारमा एक पुरुषको शव फेला

  • 166
    SHARES
  • मादी नदी किनारमा एक पुरुषको शव फेला

    तनहुँ । तनहुँको व्यास नगरपालिका-१० स्थित मादी नदीमा आज एक पुरुषको शव फेला परेको छ । बैरेनीस्थित मादी नदी किनारमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला परेको हो ।

    अन्दाजी ५० वर्षजस्तो देखिने ती व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    शवको सनाखतका लागि प्रयास भइरहेको प्रहरीको भनाइ छ । शवलाई दमौली अस्पतालमा राखिएको छ । 

  • सम्बन्धित विषय:

  • # शव फेला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij