Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

डडेल्धुराको सामुदायिक वनमा एक कर्मचारीको शव फेला 

डडेल्धुराको सामुदायिक वनमा एक कर्मचारीको शव फेला 

  • 561
    SHARES
  • डडेल्धुराको सामुदायिक वनमा एक कर्मचारीको शव फेला 

    अमरगढी । डडेल्धुराको परशुराम नगरपालिका-९ को सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ । परशुराम-८ जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत कार्यालय सहयोगी २६ वर्षीया अस्मितादेवी धामीको शव फेला परेको हो ।

    गत असार २ गते आधारभूत स्वास्थ्य केन्द्र जमरानीबाट स्वास्थ्य सामग्री जोगबुडा अस्पताल पुर्याउन भनी निस्केकी अस्मिताको शव परशुराम-९ को हट्वानी सामुदायिक वनमा फेला परेको हो । 

    घरपरिवार तथा स्थानीयवासीले खोजी गर्दा शनिबार अस्मिताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।  

    घटनास्थलको प्रकृति हेर्दा हत्या गरी फालिएको अवस्थाजस्तो देखिएको छ । प्रहरीले भने शव परीक्षणपछि मात्रै हत्या वा अन्य कारणले मृत्यु भएको हो भन्न सकिने बताएको छ । 

    जिल्ला प्रहरी कार्यालयबाट घटनाको थप अनुसन्धानका लागि शनिबार नै प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वको प्रहरी टोली पनि पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

    घटनापछि स्थानीयवासी आक्रोशित भएका छन् । उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानूनी कारवाहीको माग प्रशासनसँग गरेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij