Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कला संस्कृतिको संरक्षण गर्न समूहलाई पञ्चेबाजा वितरण

कला संस्कृतिको संरक्षण गर्न समूहलाई पञ्चेबाजा वितरण

  • 326
    SHARES
  • कला संस्कृतिको संरक्षण गर्न समूहलाई पञ्चेबाजा वितरण

    तनहुँ । तनहुँ जिल्लाको भानु नगरपालिका कार्यालयलले कला, संस्कृतिको संरक्षण एवम् प्रवर्द्धन गर्ने उद्देश्यले पञ्चे बाजा वितरण गरेको छ ।

    नगरपालिकाको सामाजिक विकास शाखाबाट आठ थान पञ्चेबाजा खरिद गरी माग भई आएका समूहलाई वितरण गरेको हो । समुदायमा रहेका मौलिक कला, संस्कृतिको संरक्षण एवम् प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले पञ्चेबाजा प्रदान गरेको उपप्रमुख उमा गोतामेले जानकारी दिइन् ।

    उनका अनुसार भानु-३ स्थित दोरदोर कालिका समूह, भानु-६ को भगवती आमा समूह, भानु-८ को बेनी बगर दलित महिला समूह, भानु-१० का ऋषि परियार समूह र भानु-१२ घलेछाप समूहलाई एकरएक थान पञ्चेबाजा प्रदान गरिएको हो ।

    पालिकाले यसअघि पनि तीन समूहलाई पञ्चेबाजा हस्तान्तरण गरिसकेको उपप्रमुख गोतामेले बताइन् ।  उपप्रमुख गोतामेले भनिन्, ‘पालिका मातहत रहेका १३ वडामध्ये बाँकी पाँचमा पनि क्रमिकरुपमपञ्चेबाजा वितरण गर्दै जाने छौँ ।’

    अपागंता भएका ५० जनालाई ह्विलचियर, ज्येष्ठ नागरिकका लागि लौरो र हर्लिक्स प्रदान गर्नका लागि आवश्यक सामान खरीद गरिएको उनको भनाइ छ । त्यस्तै, नगरपालिकाभित्र रहेका २६ आरन व्यवसायीलाई आरन पङ्खा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

    ‘आरन सञ्चालनका लागि बाख्राको छाला प्रयोग गरिने भएपनि पछिल्ला समय उक्त छाला पाउन कठिनाइ छ’, नगरप्रमुख आनन्दराज त्रिपाठीले भने, ‘छालाको अभावमा पेसा नै विस्थापित हुने अवस्थामा पुगेपछि पङ्खा प्रदान गरेका हौँ ।’

    वर्षौंदेखि पराम्परागत शैलीबाट व्यवसाय गर्दै आएका व्यक्तिलाई आधुनिक तरिकाले व्यवसाय सञ्चालन गर्न सहज वातावरण बनाउने उद्देश्यले पङ्खा वितरण गरिएको नगरप्रमुख त्रिपाठीले बताए ।

    आरन राख्नका लागि जस्तापातासमेत माग गरेकाले दुई पाताका दरले उनीहरुलाई जस्तापाता उपलब्ध गराइएको नगरप्रमुख त्रिपाठीले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij