Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

प्रधानमन्त्रीसँग विश्व खाद्य तथा कृषि संगठनका महानिर्देशकको भेटवार्ता

प्रधानमन्त्रीसँग विश्व खाद्य तथा कृषि संगठनका महानिर्देशकको भेटवार्ता

  • 231
    SHARES
  • प्रधानमन्त्रीसँग विश्व खाद्य तथा कृषि संगठनका महानिर्देशकको भेटवार्ता

    काठमाडौं । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग र विश्व खाद्य तथा कृषि संगठनका महानिर्देशक क्यू डोङग्यूले भेटवार्ता भएको छ ।

    राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको मुख्यालयमा आज भएको भेटमा कृषि अभ्यासको अभिवृद्धि, खाद्य सुरक्षा र दिगो विकासका विविध विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

    विश्वव्यापीरुपमा भोकमरीको अन्त्य गर्ने मानव कल्याणका लागि स्थापित सो संस्था संयुक्त राष्ट्र संघको महत्वपूर्ण निकाय हो । सो संस्थाको नेपालमा १९५१ काम गर्दै आएको छ ।

    त्यसअघि प्रधानमन्त्री प्रचण्डसँग इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) का प्रमुख एल्भारो लाइरोले भेटवार्ता गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij