वेबटिभी खबर
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि डेंगुका बिरामीलाई उपचार गर्न तत्काल ३० श्यया सञ्चालनमा ल्याएको छ ।
प्रतिष्ठानको ‘सेन्ट्रल इमर्जेन्सी’ र डेंगु क्लिनिक’ले धान्न नसकेपछि छुट्टै डेंगुु श्यया सञ्चालनमा ल्याएको प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीले जानकारी दिए ।
सय श्यया क्षमताको कोभिड–१९ अस्पताललाई तत्कालका लागि डेंगु अस्पतालको रुपमा परिवर्तन गरेको उनले बताए ।
पछिल्लो दुई दिनयता प्रतिष्ठानको ५० श्ययाको ‘अब्जर्भेसन वार्ड’मा ८५ प्रतिशत श्यया डेंगुका बिरामीले भरिएपछि छुट्टै डेंगु अस्पताल सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।
केही दिनयता प्रतिष्ठानको आकस्मिक कक्षमा दैनिक ६० देखि ७५ जना डेंगु संक्रमित आउने गरेका छन् । डेंगुको जोखिम बढेपछि उपचारबाट वञ्चित नहोऊन् भनेर प्रतिष्ठानले जनशक्तिको अभावका बीच पनि डेंगु अस्पताल सञ्चालनमा ल्याएको उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij