Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

निजी क्षेत्र व्यापारमा मात्रै केन्द्रित भए, अब उत्पादन क्षेत्रको नेतृत्व गर्नुपर्छ : अर्थमन्त्री महत

निजी क्षेत्र व्यापारमा मात्रै केन्द्रित भए, अब उत्पादन क्षेत्रको नेतृत्व गर्नुपर्छ : अर्थमन्त्री महत

  • 204
    SHARES
  • निजी क्षेत्र व्यापारमा मात्रै केन्द्रित भए, अब उत्पादन क्षेत्रको नेतृत्व गर्नुपर्छ : अर्थमन्त्री महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले निजी क्षेत्र व्यापार क्षेत्रमा बढी केन्द्रित हुँदै गएकाले अब उत्पादन क्षेत्रको नेतृत्व यस क्षेत्रले गर्नुपर्ने बताएका छन् ।

    आज काठमाडौंमा आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्षको सपथग्रहण कार्यक्रम एवं उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार वितरण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले उत्पादन क्षेत्रको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने बताए ।

    उनले भने, ‘पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा हुने लगानी र नियमनकारी भूमिका सरकारी क्षेत्रले निर्वाह गर्छ । निजी क्षेत्रको भूमिका अब व्यापारमा मात्रै केन्द्रित हुने होइन, कर्पोरेट कल्चरसहितको निजी क्षेत्र आवश्यक छ ।’

    निजी क्षेत्रले आफ्नो काम गर्ने पुरातन शैली परिवर्तन गरी थप व्यावसायिक बनाउन आवश्यक रहेको पनि उनले उल्लेख गरे ।

    पहिले तत्कालीन अर्थमन्त्री डा रामशरण महतले मूल्य अभिवृद्धि कर (भ्याट) लागू परेपछि निजी क्षेत्रले त्यसको विरोध गरेपनिपछि त्यसले व्यवसायमा पारदर्शिता कायम गरेको उनको भनाइ छ ।

    त्यस्तै सरकारले चालु आर्थिक वर्षको बजेटबाट विभिन्न वस्तुमा दिइरहेको भ्याट छुट खारेज गरेकोमा यसले कर प्रणालीमा थप सुधार हुने अर्थमन्त्री डा.महतले उल्लेख गरे ।

    बढी भ्याट छुट दिइरहेकोमा अहिले सरकारले त्यसलाई खारेज गरेर कर विस्तारको नीति लिएको उनको भनाइ छ । लेखा परीक्षण व्यवसायीले आफ्नो अधिकारको दुरूपयोग गर्न नहुनेतर्फ पनि अर्थमन्त्री महतले सचेत गराए ।

    मन्त्री महतले लेखापरीक्षण व्यवसाय विधिको शासन र पारदर्शितासँग सोझै जोडिएको हुँदा त्यसको सुनिश्चितताका लागि जिम्मेवार भएर काम गर्न आवश्यक रहेको बताए ।

    अहिले लेखापरीक्षण व्यवसायमा आबद्ध हुनेको संख्या बढिरहेको र यो शिक्षा लिनेहरूको संख्या बढिरहेकाले नेपाललाई चार्टर्ड एकाउन्टेन्ट उत्पादन गर्ने शैक्षिक केन्द्रका रूपमा विकास गर्न सकिने अर्थमन्त्री डा.महतको भनाइ छ ।

    कार्यवाहक महालेखा परीक्षक राममाया कुँवरले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका नवनिर्वाचित अध्यक्ष सुजनकुमार काफ्लेलाई पद तथा गोपनीयताको सपथ गराए ।

    त्यस्तै उपाध्यक्ष प्रविनकुमार झाले अध्यक्ष काफ्लेसँग पद तथा गोपनीयताको सपथ लिए ।

    नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कारमा यस वर्ष बैंकतर्फ सिद्धार्थ बैंक लिमिटेड, वित्तीय सेवा क्षेत्रतर्फ मुक्तिनाथ विकास बैंक, ऊर्जा क्षेत्रतर्फ बुटवल पावर कम्पनी र उत्पादन क्षेत्रतर्फ बोटलर्स नेपाल लिमिटेडले पहिलो स्थान हासिल गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij