Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

५२ वर्ष अघिकाे मुद्दामा सात वृद्ध महिला पक्राउ

५२ वर्ष अघिकाे मुद्दामा सात वृद्ध महिला पक्राउ

  • 268
    SHARES
  • ५२ वर्ष अघिकाे मुद्दामा सात वृद्ध महिला पक्राउ

    नयाँ दिल्ली । भारतको राजस्थानमा ५२ वर्षअघि दर्ता भएको वन मुद्दामा सात वृद्ध महिलालाई प्रहरी चौकी र अदालत जानु परेको छ । उनीहरूको गल्ती भनेको सन् १९७१ मा अर्थात ५२ वर्षअघि जंगलबाट काठ काट्नु रहेको छ । 

    ५२ वर्षअघिको मुद्दामा अहिले प्रहरी एक्कासि कारबाहीमा आएपछि वृद्ध महिला पक्राउ परेका हुन् । राजस्थानको बुन्दीस्थित प्रहरीले दाउरा काटेको आरोपमा ५२ वर्षपछि ७ वृद्धालाई पक्राउ गरी अदालतमा पेस गरेको छ । ५२ वर्षअघि सानै उमेरमा घरमा खाना बनाउन जंगलबाट काठ काटेको आरोप यी महिलामाथि लागेको हो ।

    राजस्थानको बुन्दी प्रहरीले गिरफ्तार गरी अदालतमा पेश गरेका सात जना वृद्ध महिलाले त्यस बेलाका घटना सम्झन पनि सकिरहेका छैनन् । उनीहरूलाई के अपराध गरें भन्ने थाहासम्म छैन । त्यसबेला महिलाले घरको चुलो बाल्न जंगलबाट काठ काटेका थिए । पक्राउ परेकी मध्ये मोतीबाई नामकी महिलाले त्यसबेला इन्धनका लागि जंगलबाट दाउरा काटेर ल्याउने चलन रहेको बताइन । उनले खाना बनाउन दाउरा ल्याउँदा बुढेसकालमा पक्राउ गर्छ भन्ने थाहासम्म नभएको बताइन । 

    पक्राउ परेका महिला हिन्दोली वन क्षेत्रका हुन् । सानै छँदा कहिलेकाहीँ जंगलमा दाउरा काट्न उनीहरु जाने गर्थे । जुन त्यसबेलाको सामान्य चलन नै थियो । अहिले उनीहरूलाई पक्राउ गर्न पनि प्रहरीले कठिनाइ झेल्नु पर्यो । उनीहरु सबै विवाहित भएकाले खोजी गरेर विवाह भएको स्थानबाट पक्राउ गरेर ल्याइएको थियो । हिन्दोली प्रहरीले सन् १९७१ मा नै १२ जना महिलाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

    यो मुद्दा जाग्नु अघि नै अभियुक्त बनाइएका मध्ये तीन महिलाको मृत्यु भइसकेको छ । सात जनालाई पक्राउ गर्याे भने अझै दुई जना फरार सूचीमै छन् । 

    पक्राउ परेका सातै जना महिलालाई अदालतले जनही ५ सय धरौटीमा रिहा गरेको छ । तर यी महिलालाई गरिबीका कारण ५ सय तिर्नसमेत धौ धौ पर्याे । निकै पुरानो मुद्दामा यी गरिब महिलालाई पक्राउ गरेर मुद्दा चलाइए पनि भारतमा अहिले पनि सरकारको नाकै मुनिबाट वन माफियाले सिंगो जगंल काटिदिने गरेका छन् । यद्यपी प्रहरीले किन यी गरिब महिलामाथि मात्र नजर राख्यो ? न्यायको नाममा यो निकै पीडादायी उपहास भएको त्यहाँका बासिन्दाले बताएका छन् । 

    यो घटनाले एउटा उजुरीमा अनुसन्धान सकेर कारबाही गर्न ५२ वर्ष लाग्ने भन्दै प्रहरीकाे आलाेचना पनि भएकाे छ । राजस्थानमा विगत ६ वर्षमा १७ लाख भन्दा बढी उजुरी परेको छ । स्थानीयले राजस्थान प्रहरीमाथि व्यंग्य गर्दै प्रहरीको यस्तै अनुसन्धान हुने हो भने अपराध गर्ने व्यक्तिको मृत्यु हुँदासमेत अनुसन्धान नटुंगिने अवस्था रहेकाे बताउने गरेका छन् । 

  • सम्बन्धित विषय:

  • # राजस्थान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij