Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

पुरुषको शव फेला

पुरुषको शव फेला

  • 187
    SHARES
  • पुरुषको शव फेला

    बाग्लुङ । बाग्लुङमा एक पुरुषको शव फेला परेको छ । गलकोट नगरपालिका-५ भैँसेस्थित खरबारीमा ताराखोला गाउँपालिका-५ सानो हिलेका ४० वर्षीय झलिराम पुन मगरको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

    प्रहरीका अनुसार आज बिहान ८ बजे खरबारीको बाटो नजिकै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक पुन श्रीमतीसँगै गलकोट नगरपालिका-३ हटियामा डेरा गरी बस्दै आएका थिए ।

    पुन मगरले मदिरा सेवन गरेर भिरबाट लडेको हुन सक्ने आशंका गरिएको गलकोट नगरपालिका-५ का वडाअध्यक्ष पवन हमालले बताए । प्रहरी र स्थानीयको रोहवरमा शव परीक्षणका लागि गलकोट नगर अस्पतालमा लगिएको अध्यक्ष हमालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # शव फेला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij