Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

राजकीय सम्मानका साथ सीता दाहालको अन्त्येष्टि

राजकीय सम्मानका साथ सीता दाहालको अन्त्येष्टि

  • 165
    SHARES
  • राजकीय सम्मानका साथ सीता दाहालको अन्त्येष्टि

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

    मन्त्रिपरिषद्को आजको बैठकले राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।

    NP_KTM_0D3A9853.jpg

    उनको पार्थिक शरीरमा नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिइएको थियो । प्रधानमन्त्री प्रचण्डले सीताको पार्थिक शरीरमा दागबत्ती दिएका छन् ।

    प्रधानमन्त्रीको साथमा उनका छोरीहरू रेणु र गंगा दाहालले सीताको पार्थिक शरीरमा दागबत्ती दिएको हो । आज बिहान निधन हुनुभएकी सीतालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शवयात्राका साथ पशुपति आर्यघाट पुर्याइएको थियो ।

    RS_KTM-RATL2846.jpg

    पशुपति आर्यघाटमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाललगायत शीर्ष नेताहरूको उपस्थिति थियो ।

    त्यस्तै आर्यघाटमा मन्त्रीगण, सरकारी अधिकारी, नेकपा (माओवादी केन्द्र)का नेता तथा कार्यकर्ता र शुभेच्छुकको बाँक्लो उपस्थिति थियो ।

    sita dahal-death.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij