Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

पहिरोले विद्युत् मुहानसँगै नहर बगाउँदा अन्धकारमा बस्न बाध्य स्थानीय

पहिरोले विद्युत् मुहानसँगै नहर बगाउँदा अन्धकारमा बस्न बाध्य स्थानीय

  • 183
    SHARES
  • पहिरोले विद्युत् मुहानसँगै नहर बगाउँदा अन्धकारमा बस्न बाध्य स्थानीय
    बागलुङ । अविरल वर्षाका कारण आएको पहिरोले विद्युत् मुहानसँगै नहर बगाउँदा ढोरपाटनका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन । शुक्रबार गएको पहिरोले मुहानसहित नहर बगाउँदा ढोरपाटन नगरपालिका-७ का स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन ।
     
    पहिरोले मुहानसहित करिब ३० मिटर नहर बगाएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिए । विद्युत् अवरुद्ध हुँदा तीन सय घरधुरीका करिब एक हजार पाँच सय नागरिक विद्युत् सेवाबाट वञ्चित भएका उनको भनाइ छ ।
     
    विद्युत् तत्काल सञ्चालनमा ल्याउनका लागि काम भइरहेको उपप्रमुख कायतले बताए । स्थानीयद्वारा जनश्रमदान भइरहेकाले केही समयमै विद्युत् सञ्चालन हुने छ ।
     
    ‘अहिले तत्काल पक्की पर्खाल लगाएर विद्युत् सञ्चालन गर्ने अवस्था छैन, जनश्रमदान गरी बर्खाभरिका लागि सञ्चालन गर्ने तयारी गरिरहेका छौँ,’ उपप्रमुख कायतले भने, ‘बर्खा रोकियो भने पक्की मुहान र नहर बनाएर विद्युत् सञ्चालन व्यवस्थित गर्नेछौँ ।’
     
    बर्खाको समयमा पटक-पटक बाढी पहिरोले दुःख दिँदै आएको उनको भनाइ थियो ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij