Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सुइरे चौर आन्तरिक पर्यटकको आकर्षण बन्दै

सुइरे चौर आन्तरिक पर्यटकको आकर्षण बन्दै

  • 60
    SHARES
  • सुइरे चौर आन्तरिक पर्यटकको आकर्षण बन्दै

    काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका-७ स्थित सुइरे चौर आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ । प्राकृतिक सौन्दर्य र हिमशृङ्खलाको दृश्यावलोकनका लागि यो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको हो ।

    मौसम सफा भएको समयमा सुइरे चौरबाट विभिन्न हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिन्छ । हरियाली र खुला भूभागले घेरिएको यस स्थानबाट एकै ठाउँमा बसेर हिमाली दृश्य अवलोकन गर्न सकिने भएकाले घुमफिरका लागि आउनेहरू आकर्षित हुने गरेका छन् ।

    काठमाडौं उपत्यकाबाट नजिकै रहेको सुइरे चौर छोटो दूरीको घुमघामका लागि पनि उपयुक्त गन्तव्यका रूपमा परिचित हुँदै गएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij