Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

'कोरोना भाइरस प्रयोगशालाबाट चुहावट भएको होइन्'

'कोरोना भाइरस प्रयोगशालाबाट चुहावट भएको होइन्'

  • 599
    SHARES
  • 'कोरोना भाइरस प्रयोगशालाबाट चुहावट भएको होइन्'

    लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताएका छन् । उनले एक पत्रकार सम्मेलनमा सुरुमा चीनको वुहान सहरको एक प्रयोगशालाबाट भाइरस चुहावट भएर निस्किएको सुनिएको थियो तर अहिले हेर्दा त्यो हो जस्तो लाग्दैन भनेका छन् ।

    सन् २०१९ को डिसेम्बरको अन्त्यतिर कोरोना भाइरसको प्रकोप व्यापक फैलिएपछि विशेष गरी अमेरिकाले चीनको प्रयोगशालाबाट भाइरस फैलिएको दाबी गर्दै आएको थियो । 

    तर चीनले भने अमेरिकाको यो दोषारोपण मात्र हो भनेको थियो । विश्व स्वास्थ्य संगठनले पनि चीनमा पुगेरै यस विषयमा अनुसन्धान गरेको थियो ।

    उता केही समय अघि बेलायतका विदेश मन्त्री डोमिनिक राबले कोरोना भाइरस जनावरबाट मानिसमा सरेको देखिएको बताएका थिए । 

    उनले यस विषयमा बेलायतका वैज्ञानिकहरुले गरेको एक विशेष अनुसन्धानबाट कोरोना भाइरस जनावरबाट मानिसमा सरेको पाइएको बताएका थिए ।

    पछिल्ला दिनमा पुनः चीनको प्रयोगशालाबाट भाइरस फैलिएको केही वैज्ञानिकहरुले दाबी गरेपछि अमेरिकी सरकार प्रमुख जो बाइडेनले ९० दिनभित्र भाइरस उत्पत्तिबारे पत्ता लगाउन आदेश दिएका छन् । तर चीनले भने यस सिद्धान्तको खण्डन गर्दै आइरहेको छ । 

    तीन महिनाभित्र कोरोना भाइरस उत्पत्तिबारे पत्ता लगाउन बाइडेनको आदेश  तीन महिनाभित्र कोरोना भाइरस उत्पत्तिबारे पत्ता लगाउन बाइडेनको आदेश 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij