Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

टोकियोमा सोमबारदेखि संकटकाल हटाउने 

टोकियोमा सोमबारदेखि संकटकाल हटाउने 

  • 978
    SHARES
  • टोकियोमा सोमबारदेखि संकटकाल हटाउने 

    टोकियो । जापान सरकारले राजधानी टोकियोसहित नौ वटा प्रिफेक्चरमा आगामी सोमबारदेखि कोभिड-१९ आपतकाल हटाउने निर्णय गरेको छ । जापानको कोरोना भाइरस सल्लाहकार समूहले आपतकाल हटाउन सिफारिस गरेसँगै सरकारले उक्त निर्णय लिएको हो । 

    गत अप्रिल २५ देखि राजधानी टोकियो, ओसाका, क्योटो र ह्योगोमा आपतकाल लगाइएको थियो । यसअघि गत मे ११ मै आपतकाल हटाउने पूर्व निर्णय गरिए पनि दुईपटक आपतकाल बढाइएको थियो । नयाँ आपतकाल आइची, फुकुओका, होक्काइडो, ओकायामा, हिरोशिमा र ओकिनावा प्रिफेक्चरमा पनि विस्तार गरिएको थियो ।

    सरकारको निर्णय बमोजिम आगामी जुन २० देखि ओकिनावा बाहेक अन्यत्रको आपतकाल अन्त्य हुनेछ । ओकिनामा भने कोभिड-१९ बाट संक्रमितको संख्या बढेको पाइएपछि आगामी जुलाई ११ सम्म आपतकाल कायम रहने छ । 

    तर कोभिड-१९ विरुद्धका प्रतिबन्धात्मक व्यवस्थाहरु सम्पूर्ण रुपमा अन्त्य भने हुने छैनन् । देशभित्र कोभिड-१९ बाट संक्रमितको संख्या लगातार न्यून भएको र खोप अभियान तीव्र बनाइएको छ । त्यहीकारण सरकारले आगामी जुलाई ११ सम्म टोकियो र अरु आठ वटा प्रिफेक्चरसम्म सामान्य आपतकालको अवस्था रहने जनाएको छ ।

    टोकियो गृष्मकालीन ओलम्पिक खेल सुरु हुन एक महिना मात्र बाँकी छ, र यस्तो अवस्थामा भाइरस पुनः फैलिन सक्ने अनुमान गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij