Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

मनाङ पुग्यो हेलिकप्टर, बाढीमा फसेकाको उद्धार जारी 

मनाङ पुग्यो हेलिकप्टर, बाढीमा फसेकाको उद्धार जारी 

  • 958
    SHARES
  • मनाङ पुग्यो हेलिकप्टर, बाढीमा फसेकाको उद्धार जारी 

    काठमाडौं । मंगलबार बिहानबाट अविरल रूपमा परेको वर्षाका कारण स्थानीयबासी घरमा नै फसेपछि उनीहरूको उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर पठाइएको छ । 

    गृहमन्त्री खगराज अधिकारीको निर्देशनपछि अहिले मनाङको चामे र थेंचोमा हेलिकप्टर पठाएर सर्वसाधारणको उद्धार कार्यलाई तीव्रता दिइएको छ । अविरल वर्षाका कारण बाढी र पहिरोले मनाङका सयौं घर डुबानमा परेका छन् । मनाङ सदरमुकाम चामेबजार वरिपरिका २ वटा खोलाको बहाव बढ्दा बुधबार बिहानसम्म आधा दर्जन बगाइसकेको छ भने बजारका बासिन्दाहरू विस्थापित भएका छन् । 

    विभिन्न गाउँपालिका गरेर ६० घरभन्दा बढी डुबानमा र क्षतिग्रस्त हुन पुगेको जिल्ला प्रशासन कार्यालय मनाङ प्रमुख विष्णु लामिछानेले बताए । प्रमुख जिल्ला अधिकारी लामिछानेले ताल गाउँमा ३० घर, चामेमा ४८, धारापानीमा २ सरकारी कार्यालयसहित १५ घर डुबानमा परेको जानकारी दिए ।

    लगातारको बर्षातका बस्ती डुबानमा पर्दा विद्युत आपूर्तिसमेत बन्द भई मनाङका धेरै ठाउँ सम्पर्कविहीन बन्न पुगेको छ । गृहमन्त्रीको निर्देशनपछि मनाङको चामे र थेंचोमा हेलिकप्टर पुगेको र सर्वसाधारणको उद्धार भइरहेको गृहमन्त्रालय स्रोतले बताएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij