Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

महभिरबाट ढुंगा खस्दा मध्यपहाडी राजमार्ग अवरूद्ध

महभिरबाट ढुंगा खस्दा मध्यपहाडी राजमार्ग अवरूद्ध

  • 335
    SHARES
  • महभिरबाट ढुंगा खस्दा मध्यपहाडी राजमार्ग अवरूद्ध

    पर्वत । पर्वतको मोदी गाउँपालिका-६ स्थित महभिरबाट सडकमा ढुंगा खस्दा मध्यपहाडी राजमार्गको पोखरा-पर्वत खण्ड अवरूद्ध भएको छ ।

    गए रातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भिरबाट सडकमा ढुंगा खसेर पुरिएको हो । अवरूद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए ।

    सडक अवरूद्ध हुँदा पोखरातर्फबाट धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँपुलमा रोकिएका छन् भने यस क्षेत्रबाट अन्यत्र जाने सवारीसाधन डिमुवामा रोकिएका छन् ।

    अहिले पनि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । ठूलो वर्षाका कारण केही ग्रामीण सडरूमा समेत आवतजावत बन्द भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij