Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

नेपाल-अमेरिका चलचित्र महोत्सव आइतबारसम्म चल्ने

नेपाल-अमेरिका चलचित्र महोत्सव आइतबारसम्म चल्ने

  • 345
    SHARES
  • नेपाल-अमेरिका चलचित्र महोत्सव आइतबारसम्म चल्ने

    काठमाडौं । नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौँ संस्करण सुरु भएको छ ।

    बिहीबार बेलुकी अमेरिकाको वासिङ्टन डिसी मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ प्रदर्शनसँगै महोत्सवको उद्घाटन गरिएको हो ।

    महोत्सवका निर्देशक युवाकार राजकर्णिरले अमेरिकी निर्देशक न्यन्सीको निर्देशनमा बनेको ‘पासाङ,  इन द स्याडो अफ एभरेष्ट’को प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन तथा पुरस्कार वितरण हुने जानकारी दिए ।

    उनले भने, ‘महोत्सवले नेपाली संस्कृति र कलालाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन मद्दत गर्नेमा विश्वस्त छौँ ।’
    महोत्सवमा सहभागी अभिनेता राजेश हमालले महोत्सवमा उपस्थित हुन पाउँदा खुसी व्यक्त गर्दै गतिविधिले विशेष महत्त्व राख्ने बताए ।

    अभिनेता हमालले भने, ‘यस्ता महोत्सवले नेपाली समुदायलाई जोड्ने काम गर्छ । त्यसकारण यस्ता गतिविधि उद्देश्यअनुरूप भएमा हामीलाई फाइदा छ ।’

    यही असार १० गते (जुन २५) सम्म चल्ने चलचित्र महोत्सवमा फिचर चलचित्र, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसन गरी एघार देशका ३७ चलचित्र प्रदर्शन हुने तालिका रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij