Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

अन्त्येष्टि गरिसकेको बिरालो घर फर्किएपछि...

अन्त्येष्टि गरिसकेको बिरालो घर फर्किएपछि...

  • 739
    SHARES
  • अन्त्येष्टि गरिसकेको बिरालो घर फर्किएपछि...

    लन्डन । मृत्यु भएपछि आफूहरूले दाहसंस्कार गरिसकेको बिरालो घर फर्किएर आएपछि बेलायतमा बसोबास गर्ने एक परिवार आश्चर्यमा परेको छ । फ्र्यान्की नाम गरेको १६ वर्षको घरपालुवा बिरालो वारिंटन सहरमा बस्ने ती व्यक्तिहरूको घरबाट १९ मेमा हराएको थियो ।

    केही दिनपछि घरमुली रेचेल फिट्समिसनले एमसिक्समोटरवेमा त्यस्तै बिरालो मृत भेटे र उनलाई हाइवे इंग्ल्यान्डका कर्मचारीले परिवालाई दाहसंस्कार गर्न दिए । परिवारले अन्तिम संस्कार गरेर बिरालोको अस्तु घरमा ल्याएर बट्टामा राखेका थिए । 

    फिट्समिसनकी श्रीमती र छोरा रेमीले मर्यो भनेको बिरालो घर फर्किएर आएपछि आफूहरू आश्चर्यचकित भएको बताएका छन् । बिरालो भोकै, कमजोर र थकित भएर घर आएको परिवारले बताएको छ । 'त्यसोभए हामीले अरू कसैको बिरालाको दाहसंस्कार गर्यौं', फिट्समिसनको परिवारले बतायो ।  बिबिसी युकेबाट 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij