Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

श्रमदानले पुग्याे रामनगरमा खानेपानी

श्रमदानले पुग्याे रामनगरमा खानेपानी

  • 329
    SHARES
  • श्रमदानले पुग्याे रामनगरमा खानेपानी

    चितवन । चितवनको रामनगरमा झन्डै चार महिना श्रमदान गरेर खानेपानी ल्याइएको छ । भरतपुर महानगरपालिका-२९ स्थित खहरेखोलाको पानी ल्याउन भरतपुर महानगरपालिका-१ का स्थानीयले श्रमदान गरेका हुन् ।

    उनीहरूलाई चितवनका विभिन्न क्षेत्रका नागरिकले पनि श्रमदानमा साथ दिएका थिए । भरतपुरको रामनगर, ठिमुरा र देवघाट क्षेत्रका बासिन्दालाई पानी खुवाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछानेले श्रमदानको सुरुआत गराका थिए ।

    उनले स्थानीयलाई गरेको वाचाअनुसार नै निर्धारित समयमा खानेपानी ल्याइएको छ । आठ किलोमिटर लामो दूरीमा नयाँ पाइप बिछ्याएर रामनगरस्थित ट्यांकीमा पानी झारिएको छ ।

    स्थानीय सीता भट्ट रामनगरवासीको मुख्य समस्या पानी रहेको भन्दै खहरेखोलाको पानी आएपछि निकै खुसी भएको बताए ।

    उनले नियमितरूपमा श्रमदानमा खटिएको समेत बताए । स्थानीय राधा कुँवर घरको काम छाडेर जनश्रममा जुटेको भन्दै पानी आएपछि उत्साहित भएको बताए ।

    उनले अब पानीको लागि झेल्दै आएको समस्या समाधान भएको बताए । वि.सं २०४९ चैतमा नेपाल र जापान सरकारको सहकार्यमा भरतपुर खानेपानी विस्तार आयोजनाको सुरुआत भएको थियो ।

    त्यसबेला रामनगरमा चारवटा पानी ट्यांकी निर्माण गरिएका थिए । जुगेडीबाट पानी उक्त क्षेत्रमा ल्याएर भरतपुरका विभिन्न स्थानसम्म वितरण हुने गर्दथ्यो । द्वन्द्वकालपछि धेरै संरचना नष्ट भएपछि खानेपानी ट्यांकी क्षेत्र झाडीमा परिणत भएको थियो ।

    अहिले सोही ठाउँमा सरसफाइ गर्दै खानेपानीका ल्याइएको हो ।

    रामनगर क्षेत्रमा हरेकको घरमा इनार भए पनि जनघनत्व बढ्दै जाँदा खानेपानीको अभाव पनि बढ्दै गएकाले खहरेखोलाको पानी ल्याउनुपरेको स्थानीय तुलसीराम श्रेष्ठले बताए ।

    खहरेखोलाबाट खानेपानी आएपछि दीर्घकालीन समस्या समाधान भएको उनको भनाइ छ ।

    त्यतिखेर जाइकाले निर्माण गरेकै ट्यांकीलाई प्रयोग गरेर खानेपानी विस्तार गरिएको सभापति लामिछानेका स्वकीयसचिव प्रकाश सिग्देलले जानकारी दिए ।

    उनले भने, ‘भुइँमा बिछ्याएको पाइप सबै चोरिएको थियो । त्यसैले मुहानबाट रामनगरसम्म पूरै पाइप बिछ्याइएको हो । मुहान र बीचको ट्यांकी प्राविधिकहरूको सल्लाहअनुसार प्रयोग गरिएको छ  ।’

    रामनगर, ठिमुरा र देवघाट क्षेत्रमा करिब चार हजार घरधुरी रहेकामा तत्कालका लागि रामनगर र ठिमुरा क्षेत्रका करिब दुई हजार पाँच सय घरधुरीलाई खानेपानीको व्यवस्थापन गर्ने तयारी भइरहेको उनले बताए ।

    उनले भने, ‘त्यसपछि पानीको स्रोतले पुगेसम्म वितरण गर्ने योजना छ । वडा नं १ को माथिल्लो क्षेत्रमा पुगेर बढी भएमा आँपटारीभन्दा तलसम्म पनि पुर्याउन सकिन्छ ।’

    यसले भरतपुर महानगरपालिकाभित्रको खानेपानी व्यवस्थापनलाई ठूलो मद्दत पुग्ने उनले बताए । श्रमदानबाट खानेपानी ल्याउन करिब एक करोड खर्च भएको जनाइएको छ ।

    आठ किलोमिटरको दूरीमा नयाँ पाइप खरिद र बिछ्याउने तथा ट्यांकी मर्मत र सरसफाइ तथा प्राविधिक खर्च गरी करिब रु एक करोड खर्च भएको उनले बताए ।

    उनले भने, ‘यी सबै खर्च जनस्तरबाटै संकलन गर्ने र सरकारी बजेट कहीँबाट पनि नलिइकनै काम गरेका छौँ । यहाँका जनताले आफैँ खुसी भएर सहयोग गरेका छन् ।’ 

  • सम्बन्धित विषय:

  • # श्रमदान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij