Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

घुससहित वडाअध्यक्ष र वडा सचिव पक्राउ

घुससहित वडाअध्यक्ष र वडा सचिव पक्राउ

  • 235
    SHARES
  • घुससहित वडाअध्यक्ष र वडा सचिव पक्राउ

    धनुषा । धनुषा जिल्लाको नगराइन नगरपालिका वडानम्बर-२ का वडाअध्यक्ष बुलन यादव ७० हजार घुससहित पक्राउ परेका छन् ।

    आज वडाअध्यक्षसहित सोही वडाका सचिव अमृतनारायण मिश्र पनि घुससहित पक्राउ परेका हुन् । वडाअध्यक्ष यादव र वडा सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले पक्राउ गरेको हो ।

    दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार सेवाग्राहीबाट ७० हजार घुस लिइसकेको अवस्थामा घुस रकमसहित नगराइन चोक धनुषाबाट नियन्त्रणमा लिइएको हो ।

    उनका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij