Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सुनौला हजार दिनका आमा र गर्भवतीलाई उन्नत जातका कुखुरा वितरण

सुनौला हजार दिनका आमा र गर्भवतीलाई उन्नत जातका कुखुरा वितरण

  • 236
    SHARES
  • सुनौला हजार दिनका आमा र गर्भवतीलाई उन्नत जातका कुखुरा वितरण

    हुम्ला । हुम्लाको दक्षिणी भेगमा रहेको ताँजकोट गाउँपालिकाले नेपाल सरकारको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुनौला हजार दिनका आमा र गर्भवतीलाई उन्नत जातका कुखुरा वितरण गरेको छ ।

    गाउँपालिकाभरिका आमाको पोषण स्वास्थ्य सुधार गर्न उन्नत जातका कुखुरा, विभिन्न प्रकारका तरकारीका बीउबिजन पनि वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले बताए ।

    गाउँपालिकामा सुनौला हजार दिनका एक सय १० आमालाई प्रतिव्यक्ति एक कुखुराका दरले उन्नत जातका कुखुरा वितरण गरिएको शाखा प्रमुख ढकालले जानकारी दिए ।

    शाखा प्रमुख ढकालले भने, ‘सुनौला हजार दिनका आमालाई सहयोग मिलोस् भनेर हामीले कुखुरा वितरण गर्न सुरु गरेका छौँ, आमालाई राम्रै सहयोग हुनेछ ।’ गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत पाँच वडाका सुनौला हजार दिनका आमालाई कुखुरा वितरण गरिन थालिएको हो ।

    सुनौला हजार दिनका आमा र बच्चाको स्वास्थ्य तथा पोषणमा सुधार गर्ने उद्देश्यले उन्नत जातका कुखुरा वितरण गरिएको जनाइएको छ ।

    गाउँपालिकामा भएका सुनौला हजार दिनका आमालाई कुखुराको अण्डा उत्पादन गरी स्वास्थ्य सुधार र कुपोषणको दर न्यूनीकरण हुने विश्वासले कुखुरा वितरण कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए ।

    त्यस्तै गाउँपालिकाले कृषिअन्तर्गत सुनौला हजार दिनका आमालाई मौसमी तरकारी वितरण र सरसफाईसम्बन्धी जानकारी गराइएको हो । आमाको आयस्तर बढाउन र कुपोषणदर घटाउन गाउँपालिकाले विभिन्न काम गर्दै आउनुका साथै यो यस्ता खाले अभियान सफल हुँदै आएको अध्यक्ष जैसीको भनाइ छ ।

    गाउँपालिकामा भएका सुनौला हजार दिनका आमाले कुखुरा पाउन थालेपछि अहिले आमा बनेका महिला निकै खुसी हुन थालेका छन । अन्य वस्तुभाउ भन्दा कुखुरा पाल्न र हुर्काउन सजिलो हुने भएकाले कुखुरा पाएपछि स्थानीय खुसी भएका छन ।

    सुनौला हजार दिनका आमाका घरैमा पुगेर उक्त उन्नत जातका कुखुरा र तरकारीको बीउ वितरण गरिएको हो । सधैँभरि पोषण दिएर पुग्दैन, आफ्नो घरमै बनाएर खाने बानीको विकास होस् भन्नका लागि पनि वितरण गरिएको छ ।

    सुत्केरी भएका आमाले राम्रो खानेकुरा खान नपाएका कारण बच्चालाई कुपोषण हुने तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले यो कार्यक्रम प्रभावकारी बनेको जनाइएको छ । यस्ताखाले कार्यक्रमका लागि गाउँपालिकाले पनि सक्दो सहयोग गर्ने अध्यक्ष जैसीको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij