Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

युनियन र सानिमा लाईफ इन्स्योरेन्सले आइपिओ निष्काशनका लागि दियाे धितोपत्र बोर्डमा निवेदन

युनियन र सानिमा लाईफ इन्स्योरेन्सले आइपिओ निष्काशनका लागि दियाे धितोपत्र बोर्डमा निवेदन

  • 915
    SHARES
  • युनियन र सानिमा लाईफ इन्स्योरेन्सले आइपिओ निष्काशनका लागि दियाे धितोपत्र बोर्डमा निवेदन

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशनको लागि जेठ ९ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । 

    युनियन लाइफ इन्स्योरेन्सले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ताका लागि निवेदन दिएको हो भने सानिमा लाईफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपिओ निष्काशनका लागि निवेदन दिएको हो ।

    दुवै कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । 

    युनियन लाईफ इन्स्योरेन्सको आइपिओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने संकेत गर्ने ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ प्रदान गरेको छ ।

    सानिमा लाईफले निष्काशन गर्न लागेको आइपिओलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको संकेत गर्ने त्रीपल बी माइनस रेटिङ प्रदान गरेको छ ।

     दुवै कम्पनी नयाँ बीमा कम्पनीको रुपमा सञ्चालनमा रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # आइपिओ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij