Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

चलचित्रको निर्माण घट्दो

चलचित्रको निर्माण घट्दो

  • 229
    SHARES
  • चलचित्रको निर्माण घट्दो

    काठमाडौं । अघिल्लो वर्षको तुलनामा यस वर्ष चलचित्रको निर्माण संख्या घट्ने भएको छ । गत वर्षको तुलनामा यस वर्ष छायांकन भइरहेको चलचित्रको संख्या कम देखिन्छ ।

    त्यसो त पानी पर्ने समय भएकाले पनि यो समयमा ‘स्टुडियो’भन्दा बाहिर छायांकन सहज हुँदैन । यद्यपी संख्याकै हिसाबमा पनि कम देखिएको निर्माताको छाता संगठन नेपाल चलचित्र निर्माण संघका अध्यक्ष नवल खड्काले बताए ।

    उनले भने, ‘अहिले अन्य क्षेत्रमा समेत मन्दी देखिएको छ । चलचित्र त्यसबाट अछुतो छैन । सबैभन्दा पहिले गाँस, बास र कपास हो । त्यसपछि मनोरञ्जन आउँछ ।’

    यस अगाडि पनि चलचित्र निर्माणमा लागत बढिरहेको सन्दर्भमा निर्माता संघले चिन्ता व्यक्त गरेको थियो । उनले भने, ‘निर्माण लागत विविध कारणले बढिरहेको छ । बजारबाट न्यूनतम आउने व्यापारको कुनै मापन नै छैन ।’

    निर्देशक ज्ञानेन्द्र देउजाले अहिले बजार बुझ्न सहज नरहेको बताए । उनले भने, ‘पहिला चलचित्र निर्माण भएर प्रदर्शन हुँदा यतिसम्म लगानी फिर्ता हुन्छ भन्ने अनुमान गर्न सकिन्थ्यो । हामीले राख्ने कलाकारकै कारण वितरकबाट उठ्ने लागत पनि थियो । अहिले त्यो छैन ।’

    उनी पनि चलचित्रको पटकथामा व्यस्त छन् । चलचित्र व्यवसाय मात्र होइन, निर्माण पनि घट्न थालेको छ । अहिले भने ‘ह्यासट्याग माया’, ‘दिमाग खराब’, ‘देववाणी’ लगायत केही चलचित्र छायांकनमा छन् ।

    केही निर्माता पर्ख र हेरको अवस्था रहेको बुझिन्छ । आउँदो भदौबाट सम्भावना बोकेका नेपालीसँगै विदेशी चलचित्र प्रदर्शन हुँदैछन् ।

    तिनले गर्ने व्यापारले पनि चलचित्र क्षेत्रको मार्गनिर्देश गर्ने नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले बताए ।

    उनले भने, ‘अहिले चलचित्र भवनमा धेरै तथ्य बुझेर आउने गरेको पाएको छु । चलचित्र हेर्न जाउँ भनेर आइहाल्ने दर्शक कम हुनुहुन्छ । दसैँ आसपासका चलचित्रले राम्रो व्यापार गरेमा निर्माणमा तिब्रता आउने छ ।’

    चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष विसं २०७९ मा नेपाली ५२ चलचित्र प्रदर्शन भएका थिए ।

  • सम्बन्धित विषय:

  • # चलचित्र

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij