वेबटिभी खबर
काठमाडौं । लगानीकर्ताले टीएमएस नै बन्द गरिदिने धम्की दिएपछि सेयर ब्रोकरले आइतबार कारोबार सञ्चालन गर्न अस्वीकार गरेका छन् । यससँगै आइतबार प्रीओपन सेसनमा नेप्सेमा कारोबार शुन्य छ ।
सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्ने विधेयक, २०८० जारी भएपछि त्यसका केही व्यवस्थालाई लिएर पुँजीबजारका केही लगानीकर्ताहरु आन्दोलित भएका छन्।
लगानीकर्ताको समूह विभिन्न धितोपत्र दलाल व्यवसायीका कार्यालयहरुमा आई बन्द गराउँदै हिडेका छन्। आजदेखि आन्दोलनका मागहरु पुरा नभएसम्म दोस्रो बजार कारोबार बन्द नगरेमा जस्तोसुकै क्षति हुनसक्ने उनीहरुले जनाएका छन्।
लगानीकर्ताको धम्कीका कारण ब्रोकरहरुले शान्ति सुरक्षाको कारण देखाउँदै कारोबार गर्न अस्वीकार गरेका हुन्। लगानीकर्ताबाट हुनेसक्ने क्षतिको जिम्मेवारी स्वयं व्यवसायीले नै लिनुपर्ने उनीहरुको चेतावनी छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij