वेबटिभी खबर
चितवन । पूर्व-पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका-४ मार्तल पुल नजिक गए राति ट्रकले ठक्कर दिदाँ साइकलयात्रीको मृत्यु भएको छ ।
ट्रकको ठक्करबाट राप्ती-४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको हो ।
लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बाप्र०३-००१ख १८६३ नंको ट्रकले साइकलयात्री पाण्डेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गए राति नै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij