काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १२ बजे बस्ने भएको हो ।
बैठकमा प्रतिनिधिसभा पुनर्स्थापनापछिको राजनीतिक घटनाक्रमबारे छलफल गरिने बताइएको छ । २३ गते प्रतिनिधिसभाको बैठक बस्ने तयारी भइरहेको समयमा प्रचण्ड-नेपाल समूहले अबको दलीय समीकरण कस्तो हुने भन्ने विषयमा पनि छलफल गर्ने जानकारी दिइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएकोले उनीमाथि अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । आगामी सरकार गठनका लागि प्रचण्ड-नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका नेताहरूको भेटघाट र छलफललाइ समेर्त तीव्र बनाइरहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij