वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ७ जनाको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा १२ हजार ४०६ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पिसिआर विधिबाट ७५१७ जनाको परीक्षण गर्दा १६९४ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसैगरी एन्टिजेन विधिबाट ४८८९ जनाको परीक्षण गर्दा ७१३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी यो अवधिमा ३९९४ जना संक्रमित निको भएका छन् । हाल देशभर ६८ हजार ९५५ जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार आज थप ४६ जनाको संक्रमणका कारण निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ७ हजार ५१७ पीसीआर र ४८७९ जनाको एन्टीजेन गरि जम्मा १२ हजार ४०६ परीक्षण भएको छ । जसमध्ये ६४ हजार ७ सय ४४ जना होम आइसोलेसनमा र संस्थागत आइसोलेनमा ५ हजार २ सय ११ जना रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij