Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

डडेल्धुरामा कोरोना संक्रमित हुनेभन्दा निको हुने बढी

डडेल्धुरामा कोरोना संक्रमित हुनेभन्दा निको हुने बढी

  • 796
    SHARES
  • डडेल्धुरामा कोरोना संक्रमित हुनेभन्दा निको हुने बढी

    डडेल्धुरा  । कोरोना संक्रमितको निको हुने सङ्ख्या बढ्दै गइरहेको छ । पछिल्लो समय संक्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

    दोस्रो चरणको कूल संक्रमित एक हजार १८३ मध्ये एक हजार पाँचजना निको भएको कार्यालयक प्रमुख आशुतोष श्रेष्ठले  जानकारी दिए । 

    जिल्लाभरिमा होम आइसोलेशन र संस्थागत आइसोलेशनमा  गरी १७८ जना सक्रिय संक्रमित रहेका छन् ।  पछिल्लो २४ घण्टामा एकजना मात्रै  संक्रमित पुष्टि भएको उनले बताए । 

     संक्रमितको निको हुने दर बढेसँगै जिल्ला अस्पतालका साथै  स्थानीय तहले बनाएका संस्थागत आइसोलेशनका श्यया खाली हुन थालेका छन् । 

    संक्रमितका आत्मबल उच्च भएमा सहजै कोरोनालाई जित्न सकिने  निको भएकाको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij