Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कोपा अमेरिकाः उद्घाटन खेल खेल्न लागेका भेनेजुएला टिमका १२ जनामा संक्रमण

कोपा अमेरिकाः उद्घाटन खेल खेल्न लागेका भेनेजुएला टिमका १२ जनामा संक्रमण

  • 625
    SHARES
  • कोपा अमेरिकाः उद्घाटन खेल खेल्न लागेका भेनेजुएला टिमका १२ जनामा संक्रमण

    ब्राजिलिया । कोपा अमेरिका फुटबल प्रतियोगिताको उद्‌घाटन खेलमा आयोजक ब्राजिलसँग प्रतिस्पर्धा गर्ने भेनेजुएला टिमका १२ जना खेलाडी कोरोना भाइरसबाट संक्रमित भएको ब्राजिलका स्वास्थ्य अधिकारीले बताएका छन् ।

    ब्राजिलियाको स्वास्थ्य सचिवालयले एक विज्ञप्तिमा खेलाडी र टिमका अन्य स्टाफ गरेर १२ जनामा संक्रमण पुष्टि भएको भनिएको छ । ब्राजिल पुगेको भेनेजुएलाको टिममा ९ खेलाडी र ३ जना कोचिङ स्टाफलाई कोरोना देखिएको हो ।

    दक्षिण अमेरिकी फुटबल संघले शुक्रबार राति भेनेजुएलाको टोली ब्राजिल पुगेलगत्तै स्थानीय स्वास्थ्य अधिकारीहरुलाई खेलाडी संक्रमित हुन सक्ने बारे जानकारी दिएको थियो । 

    स्थानीय स्वास्थ्य अधिकारी र फुटबल संघकाे निगरानीमा अलग्गै बसेका सबै संक्रमित खेलाडी र कर्मचारीकाे अवस्था सामान्य छ ।

    भेनेजुएला फुटबल टोलीले ब्राजिलियाको माने गेरिंचा स्टेडियममा आइतबार साँझ ब्राजिलसँग उद्घाटन खेल खेल्ने छ । भेनेजुएलाले थप १५ खेलाडीलाई कोरोना लागेका खेलाडीको स्थानमा खेल्न टिममा बोलाएको छ । 

    असन्तुष्ट ब्राजिल फुटबल टिम कोपा अमेरिकामा सहभागी हुने  असन्तुष्ट ब्राजिल फुटबल टिम कोपा अमेरिकामा सहभागी हुने  ब्राजिलमा कोपा अमेरिका फुटबल स्थगित गर्न संसदीय आयोगकाे सुझाव ब्राजिलमा कोपा अमेरिका फुटबल स्थगित गर्न संसदीय आयोगकाे सुझाव कोपा अमेरिका फुटबल ब्राजिलमा हुने  कोपा अमेरिका फुटबल ब्राजिलमा हुने 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij